पहिरोमा ज्यान गुमाएका एन्फा एकेडेमीका खेलाडीका अभिभावकले न्याय नपाएको गुनासो
काठमाण्डौ – मकवानपुरको सिस्नेरीमा पहिरोबाट ज्यान गुमाएका एन्फा एकेडेमीका खेलाडीका अभिभावकले सन्तान गुमाएको झण्डै २ महिना हुँदा पनि आफूहरूले न्याय नपाएको गुनासो गरेका छन् । उनीहरुले बाढी पहिरो आउने पूर्वसूचना हुँदा पनि एन्फा ३ दिनसम्म चुप लागेर बसेको र लापर्बाही गरेको आरोप लगाएका छन् । मकवानपुरको इन्द्र सरोवर गाउँपालिका–३ मा रहेको एन्फा एकेडेमीका ६ जना खेलाडीको गएको असोज १२ गते पहिरोमा परि ज्यान गएको थियो । उनीहरुका अभिभावकले एन्फाको कमजोर व्यवस्थापनका कारण आफ्ना सन्तानले ज्यान गुमाउनुपरेको, ...
Source : https://ujyaaloonline.com/story/109025/2024/11/20/anfa-academy-parents-complain-of-lack-of-justice-