पोखरामा रास्वपा कार्यकर्ता र सहकारीपीडित आमनेसामने, रविलाई पक्राउ गर्न माग 

काठमाडौँ। 

पोखरा । पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको पक्ष र विपक्षमा सोमबार बिहानैदेखि पोखराको  सडक तातेको छ ।सहिदचोकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता र सहकारी पीडितहरु आमनेसामने भएका छन् ।

दुवै समूहले चर्को रुपमा नारा लगाइरहेका छन् । सहकारीपीडितले रास्वपा सभापति लामिछानेले सहकारीको रकम अपचलन गरेको भन्दै कारबाही माग गरेका छन् । त्यस्तै लामिछाने पक्षधरले सहकारीपीडितलाई ‘परिचालित’ भनेका छन् ।

पीडितले रवि पक्राउको माग गर्दा रविका समर्थकहरूले चाहिँ कुनै हालतमा रविलाई  पक्राउ गर्न नहुने बताएका छन् । रास्वपा गण्डकीका सभापति राजन गौतम चाहिँ आफूहरू पीडितकै पक्षमा भएको बताउँछन् । उनले आफूहरू  सहकारी पीडितलाई दुःख दिन नभई  फासिस्ट सरकारका विरुद्ध मैदान ओर्लिएको बताएका छन्। 

Source : https://newsofnepal.com/2024/09/23/669488/