बिपी राजमार्ग आजदेखि सञ्चालनमा

काठमाडौं । बाढी पहिरो र डुबानले तहसनहस बनाएको बिपी राजमार्गमा आजबाट पुनः सञ्चालनमा ल्याइने भएको छ । शुक्रबार बिहान १० बजेदेखि सहज रूपमा गाडी चलाउने गरी निर्माण कार्य अन्तिम चरणमा पुगेको भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्माले जानकारी दिए ।

यही असोज ११ र १२ गतेको वर्षा र बाढीले बिपी राजमार्गका ठाउँ ठाउँमा क्षति पुर्‍याएको थियो । रोशी र सुनकोसीको बाढीले काभ्रेको चौकी डाँडादेखि तल नेपाल थोकसम्म विभिन्न ठाउँमा सडक क्षतविक्षत भएको थियो । सचिव शर्माको नेतृत्वमा प्राविधिकको टिम फिल्डमै खटिएर काम गरेको थियो।

यसै वीच प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सामाजिक सञ्जालाल फेसबुकमार्फत सो राजमार्ग शुक्रबारदेखि सञ्चालनमा आउने जानकारी गराएका छन । प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले शुक्रबार बिहान १० बजेसम्ममा राजमार्ग सञ्चालनमा बिपी राजमार्ग सञ्चालनमा आउने भन्दै जानकारी गराएको फेसबुकमा उल्लेख गरेका थिए ।

राजमार्ग सञ्चालनका लागि पहिरो हटाउन प्राविधिक टोलीसहित रोसी गाउँपालिकाको दाउने भन्ने ठाउँमा रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव शर्माले सडक खुलाउन रातदिन नभनी काम भइरहेको बताउँदै शुक्रबारदेखि बिपी राजमार्ग सञ्चालनमा आउने जानकारी दिए ।

The post बिपी राजमार्ग आजदेखि सञ्चालनमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102134/