बीपी राजमार्गमा ठूला गाडी चलाउन रोक, साना गाडी चलाउँदा सावधानी अपनाउन आग्रह

काठमाण्डौ – अवरुद्ध बीपी राजमार्ग दुईतर्फी सञ्चालनका लागि पहिरो पन्छाउने र साघुँरो सडक फराकिलो बनाउने काम भइरहेको छ । अहिले पनि ठूला मेसिनको प्रयोगबाट अवरुद्ध सडकमा काम भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक बसुन्धरा खड्काले उज्यालोलाई जानकारी दिनु भयो । उहाँले सुक्खा पहिरोले अवरुद्ध बीपी राजमार्ग अन्तर्गत काभ्रेको पिप्ले खण्डमा अहिले पनि दुई पाङ्ग्रे तथा साना गाडीलाई मात्रै आलोपालो गरेर चल्न दिइएको बताउनु भयो । कच्ची बाटो भएकाले सकभर फोर ह्वीलर गाडी मात्रै चलाउन प्रहरीको आग्रह छ । दुईतर्फी सडक खुलाउन...

Source : https://ujyaaloonline.com/story/107772/2024/10/14/ban-on-driving-large-vehicles-on-bp-highway-