बेल्जियमको राजदूतमा सेवा लम्सालको नाम अनुमोदन
काठमाडौं – बेल्जियमका लागि राजदूतमा सिफारिस परराष्ट्र सचिव सेवा लम्साललाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । बुधबार बिहान परराष्ट्र सचिव लम्साललाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको हो ।
गत भदौ महिनामा बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई बेल्जियमका लागि राजदूत सिफारिस गरेको थियो । लम्साल २०८० मंसिर २८ गते परराष्ट्र सचिवमा बढुवा भएकी थिइन् । उनी पहिलो महिला परराष्ट्र सचिव हुन् । उनको कार्यकाल केही महिना बाँकी थियो ।
कार्यकाल बाँकी छँदै लम्साललाई बेल्जियमका लागि राजदूत सिफारिस गरिएको थियो । समितिको बैठकमा लम्सालले आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिइन् । कार्ययोजनामा उनले युरोपेली मुलुक र बहुपक्षीय फोरमहरुमा नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्द्धनमा इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।
The post बेल्जियमको राजदूतमा सेवा लम्सालको नाम अनुमोदन appeared first on Samudrapari.