मधेश प्रदेश सभाको सचिवमा कोइराला

मधेश प्रदेशसभाको सचिवमा वासुप्रसाद कोइरालालाई नियुक्त गरिएको छ ।

उनी नियुक्त भएकै दिन सभामुख रामचन्द्र मण्डलले सपथग्रहणसमेत गराएका छन् । मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको रोहबरमा सभामुख मण्डलले सचिव कोइरालालाई सपथग्रहण गराएका छन् । महोत्तरीको बर्दिवास नगरपालिका– १२ का सचिव कोइरालालाई प्रदेशसभा सचिवालय सञ्चालन ऐन २०७९ को दफा ३ )क) बमोजिम सपथ ग्रहण गराइएको छ । यसका साथै नेपालको संविधानको धारा १९५ को उपधारा (ख) बमोजिम सभामुखको सिफारिसमा प्रदेश प्रमुखले नियुक्त गरेका थिए । उनलाई नियुक्त गरिएको बारे प्रदेश प्रमुखको कार्यालयले समेत एक विज्ञप्ति जारी गरी जनाएको छ ।

The post मधेश प्रदेश सभाको सचिवमा कोइराला appeared first on Janakpur Today.

Source : https://ejanakpurtoday.com/2024/09/23/99001/