मानव तस्करीमा जोडिएर कोशी प्रदेशको मन्त्रीबाट राजीनामा दिएका अधिकारीमाथि थप अनुसन्धान भएन
काठमाण्डाै – मानव तस्करीमा जोडिएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री तथा एमालेका सांसद लीलावल्लभ अधिकारीमाथि अनुसन्धान शुरू नभएको भन्दै आलोचना भइरहेको छ । मन्त्री अधिकारीसँगै जोडिएका ६ जनालाई पक्राउ गरेर अनुसन्धान भए पनि उहाँमाथि अनुसन्धान नभएको भन्दै आलोचना भइरहेको हो । मुख्यमन्त्री र सङ्घीय सरकारसँग अनुमति नै नलिई जापान उडेका मन्त्री अधिकारी र खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटालाई जापानको अध्यागमन कार्यालयले ४८ घण्टा विमानस्थलमा राखेर नेपाल डिपोर्ट...
Source : https://ujyaaloonline.com/story/108589/2024/11/7/no-further-investigation-on-leelaballav-adhikari