यस वर्षको विवाह पञ्चमीमा अयोध्याबाट ५ सय जन्ती जनकपुर आउने

धनुषा – विवाहपञ्चमीमा आउने जन्तीलाई निमन्त्रणापत्र दिन विश्व हिन्दुपरिषदका पदाधिकारीहरु अयोध्या गएका छन् । उनीहरु तिलक र आमन्त्रण पत्रसहित अयोध्या गएका हुन् । राम र सीताको विवाहमा पाँच सय जन्तीलाई निमन्त्रणा दिन गएको टोलीलाई मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिदाई गर्नुभयाे । मुख्यमन्त्री सिंह पनि भोलि वीरगञ्जमा यही टोलीमा सहभागी भएर त्यहाँबाट तिलकसहित अयोध्या जाने कार्यक्रम रहेको छ । तिलक लिएर जाने समूह भोलि नै अयोध्या पुग्ने र पर्सि ३ गते तिलकसहित जानकी मन्दिरको पत्र विश्व हिन्दु परिषद्का महासचिव राजेन्द्र...

Source : https://ujyaaloonline.com/story/108906/2024/11/16/500-people-will-come-to-janakpur-from-ayodhya