रबि लामिछानेविरुद्ध पुरक अभियोग लैजाँदै नेपाल प्रहरी

समाचार सुन्नुहोस : 

काठमाडौँ – सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी विशेष संसदीय छानबिन समितिले प्रतिवेदन बुझाएपछि प्रहरीले रवि लामिछानेविरुद्ध पूरक अभियोग दर्ता गर्ने तयारी थालेको छ।

सांसद सूर्य थापाको नेतृत्वमा रहेको छानबिन समितिले गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक लामिछानेलाई कानूनी कारबाहीको सिफारिस गरेपछि प्रहरीले यो कदम चालेको हो।

गृह मन्त्रालयको निर्देशन अनुसार लामिछाने र गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीविरुद्ध पूरक अभियोग दर्ता गर्न प्रहरीले तयारी गरिरहेको छ, जसको पुष्टि प्रहरी उच्च स्रोतले गरेको छ।

 

 

The post रबि लामिछानेविरुद्ध पुरक अभियोग लैजाँदै नेपाल प्रहरी appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/09/491057/