सहकारीको समस्या चुनौती केलाउँदै अनेमसंघ

धादिङ ।

अनेमसंघले सहकारीको वर्तमान समस्या र चुनौती विषयमा सहकारीकर्मीसँग छलफल र अन्तरक्रिया गर्दै सहकारीबारे जानकारी लिँदै गरेको छ ।

अनेमसंघ केन्द्रीय कमिटिले सहकारी तथा आर्थिक शशक्तिकरण अभियान कमिटी नै बनाएर सहकारीको समस्या चुनौतीबारे छलफल चलाउन थालेको हो । समुद्ध नेपाल सुखी नेपाली हाम्रो अभियान नारासहित बागमती प्रदेशको छलफल कार्यक्रम धादिङबेसीमा शनिबार सम्पन्न भएको छ ।

अनेमसंघ केन्द्रीय उपाध्यक्ष शर्मिला कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्लाभरका ६० भन्दा बढी सहकारी कर्मिहरु सहभागी भएको नेकपा एमाले धादिङका उपसचिव उर्मिला रेग्मीले बताइन् । सहकारीका सेयर सदस्यका कारण र संचालक तथा सेयर सदस्यले ऋण नतिर्ने, अवैधानिक निर्णयहरु गरेर समस्या आएको छ भने गलत हिसाब राखेर पनि समस्या आउने गरेको बताएको छ ।

पार्वती खाँण राईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कार्कीले सहकारीले समृद्धिका लागि लाग्ने योजना बनाउनुपर्ने बताइन् । नेकपा एमाले सहकारी विभागका प्रमुख ओमदेवी मल्ल , सहकारी अभियानका सचिव कल्पना श्रेष्ठ , नेकपा एमाले जिल्ला सचिव राधिका सापकोटा लगायतले सहकारीले आर्थिक रुपमा जनतालाई सुखी र समृद्ध बनाउने बताइन् ।

Source : https://newsofnepal.com/2024/09/21/669097/