रविलाई दुव्यर्वहार नगरिएको कास्की प्रहरीको प्रस्टोक्ति
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि कुनै पनि दुव्र्यवहार नगरेको जनाएको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै गत ८ कात्तिकमा लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराउँदा नेपाल प्रहरीका कर्मचारीले इजलासमा आदरार्थी शब्द प्रयोग नगरेको, इजलासमा हतियारसहित प्रवेश गरेको, धम्क्याएको एवं हिरासतमा रहँदा लामिछानेलाई दुव्र्यवहार गरेको भन्ने भ्रामक, झुठा र अनुमानमा आधारित विचार सामाजिक सञ्जालमा सम्प्रेषण भएकोमा गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयक तर्फबाट सूचना अधिकारी डिएसपी वसन्तकुमार शर्माले जारी गरेको उक्त विज्ञप्तिमार्फत तथ्यहीन, भ्रामक र झुठा समाचारबाट जनमानसमा गलत सूचना सम्प्रेषण र सन्देह प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमासमेत नकारात्मक प्रभाव पर्ने भएकोले तथ्यमा आधारित रहेरमात्र सूचना सम्प्रेषण गर्न अनुरोध गरिएको छ ।
लामिछानेमाथि नेपालको संविधान एवं प्रचलित ऐन कानूनबमोजिम फौजदारी न्याय प्रणालीका मूल्य मान्यता अनशरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न कास्की प्रहरी प्रतिबद्ध रहेको जनाइएको छ ।
रास्वपा सभापति लामिछानेलाई गत २ कात्तिकमा सहकारी ठगी र संगठित अपराध मुद्दामा अनुसन्धान गर्न काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याइएको थियो । उनलाई गत बिहीबार कास्की जिल्ला अदालतले प्रहरीलाई अनुसन्धानका लागि थप ७ दिनको म्याद दिएको छ । लामिछानेमाथि सम्पत्ति शुद्धिकरण मुद्दामा समेत अनुसन्धान थालिएको छ ।
The post रविलाई दुव्यर्वहार नगरिएको कास्की प्रहरीको प्रस्टोक्ति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/102827/