राजनीतिक स्थिरताका लागि कांग्रेस र एमालेको सरकार: सञ्चारमन्त्री गुरुङ
दमौली। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक स्थिरता र आर्थिक अनुशासनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सरकार गठनमा सहमति बनेको बताएका छन्। नेकपा (एमाले) का उपमहासचिव रहेका गुरुङले पार्टी कार्यालय तनहुँमा आज आयोजित भेटघाटमा देशलाई संकट परेका बेला दुई ठूला दल सधै मिल्दै आएको बताए। राजनीतिलाई स्थायीत्व दिँदै जनतामा रहेको निराशा चीर्नका लागि […]