रावायण फल्पको असर, ‘कल्ली’ पछि ‘मोहर’बाट पनि पल शाह ‘आउट’?

काठमाडौं– रिलिजपछि वक्सअफिसमा ‘रावायण’ फिल्मको कमाइको आगो बाल्ने अनुमानमा पानी परेपछि त्यसको प्रत्यक्ष मारमा अभिनेता पल शाह परेका छन्।
सिनेमा फ्लप भएपछि उनलाई किरण नेपालीले आफ्नो आगामी प्रोजेक्ट ‘कल्ली’ सिनेमाबाट हटाइएका थिए। सिनेमाबाट पललाई हटाइने सिलसिलमा अर्को एक सिनेमा पनि थपिएको छ र सो सिनेमाको नाम हो ‘मोहर’।

गत साउनमा पल शाहलाई ‘मोहर’ फिल्मको मुख्य भूमिकामाअनुबन्धन गरिएको समाचार सार्वजनिक भएको थियो। सो सिनेमालाई ओम प्रतिकको निर्देशनमा र चुम्मन जंग शाही ठकुरीले निर्माण गर्न लागेका थिए। ‘मोहर’ फागुनबाट फ्लोरमा जानेसमेत जानकारी दिइएको थियो।

यी जानकारी फिल्मका लेखक, निर्देशक तथा निर्माताले आफ्नो फेसबुक वालमा पोस्ट गरेका थिए। तर हाल ती पोस्टहरु हटाइएको छ जबकी सिनेमामा अनुबन्धित भएका दुई अभिनेत्री नीति शाह र बेनिशा हमालसम्बन्धी समाचारमा भने उनीहरुले यथावत नै राखेका छन्।

‘कल्ली’का निर्माता किरण नेपालीले सिनेमाबाट पललाई हटाइएको खबरलाई सुरुमा अस्वीकार गरेका थिए तर पछि निर्देशक लक्ष्मण सुनारले निर्माता नेपालीको झुटलाई काट्दै अभिनेता शाह सिनेमा नभएको औपचारिक रुपमै स्वीकारेका थिए। पललाई नछोड्दा अन्य कलाकारलाई छोड्नुपर्ने स्थिति आएको र उनलाईमात्र च्याप्दा सिनेमा बनाउन नसकिने भएकाले ‘कल्ली’बाट हटाइएको निर्देशक सुनारले अभिव्यक्ति दिएका थिए।

यता ‘मोहर’ निर्माताले पललाई हटाइएको बारेमा औपचारिक रुपमा केही जानकारी दिएका छैनन्। तर उनलाई फिल्मबाट हटाउनुको पछाडीको पलको विगतको मुद्धाका कारण सामाजिक संजालमा व्यापक विरोध र कमब्याक भनिएको चलचित्र ‘रावायण’ फ्लप हुनुलाई मानिएको छ ।

रावायण फ्लप भएकै कारण दीवाकर भट्टराई निर्देशित ‘मायावी’ सिनेमाले आफ्नो पूर्व निर्धारित रिलिज मिति छोडेर पुस २६ मा सारेको छ । कात्तिक १५ मा तिहारको अवसरमा प्रकाश सपुत र विजय बराल अभिनित ‘पूर्ण बहादुरको सारंगी’ र प्रदीप खड्काको ‘एक्टरस् टेक वन’ मा भिड्ने गरि प्रदर्शनमा आउन लागेको थियो ।
निर्देशक भट्टराईले आफ्नो नयाँ सिनेमाको सुटिङ, वर्कसप गर्नुपर्ने भएकाले फिल्मको प्रदर्शन मिति सार्नुपरेको बताएका छन् । आफ्नो सिनेमाको हालत ‘रावायण’झै होला भन्ने मनोवैज्ञानिक त्रासका कारण सारेको बताइन्छ।

यसैगरी अभिनेता पललाई अन्य थप दुई मेकरले पनि रातो झण्डा देखाएको बताइन्छ। पल भने यतिबेला आफ्नो फ्लप फिल्म ‘रावायण’को प्रदर्शनमा सहभागी हुन जापानमा छन्।

Source : https://onlinetvnepal.com/2024/09/183863/