विदेशमा पढ्नका लागि ३ महिनामै ३२ अर्ब १८ करोड रुपैयाँ बाहिरियो
काठमाण्डाै – चालू आर्थिक वर्षकाे तीन महिना साउन, भदाै र असाेजमा खुद सेवा आय २३ अर्ब २९ करोड रुपैयाँले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशन गरेको रिपोर्टअनुसार यो अवधिमा विदेशीले नेपालमा गर्ने खर्च साढे तीन प्रतिशतले बढेर १७ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । यस्तै नेपालीले विदेशमा गर्ने खर्च पनि झन्डै आठ प्रतिशतले बढेर ५५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । तीन महिनामै विदेशमा पढ्नका लागि ३२ अर्ब १८ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकले जनाएको छ ।
Source : https://ujyaaloonline.com/story/109008/2024/11/19/more-than-32-bn-rs-spent-to-study-abroad