शून्य कार्बन उत्सर्जनमा धुलिखेल नगरपालिकालाई युरोपियन युनियन( ईयू) को सम्मान
काठमाण्डौ – काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका स्वीच एशिया तथा युरोपियन युनियन (ईयू) कोषबाट कार्बन उत्सर्जन कम गर्न कुशल भूमिका निर्वाह गरेकामा सम्मानित भएको छ । नगरपालिकाले गएको सात वर्षदेखि शून्य कार्बन उत्सर्जन गर्ने नीति तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ । धुलिखेल दक्षिण एशियामा शून्य कार्बन उत्सर्जन गर्ने नीति तथा कार्यक्रम सञ्चालन गरेको जनाउँदै उत्कृष्ट शहरका रुपमा सम्मानित भएको हो । शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ वटा सहरमध्ये पाँचौँ नम्बरमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका परेको हो ।...
Source : https://ujyaaloonline.com/story/108323/2024/10/30/dhulikhel-receives-european-union-eu-honor