सत्य निरूपण र बेपत्ता छानबिन आयोगको अध्यक्ष र सदस्यका लागि आवेदन आह्वान
काठमाण्डौ – बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्य नियुक्त गर्न आवेदन आह्वान भएको छ । नाम सिफारिश समितिको सचिवालयले आज सूचना निकालेर आवेदन आह्वान गरेको हो । इच्छुक व्यक्तिलाई छनोट प्रक्रिया बमोजिम अध्यक्ष वा सदस्य पदका लागि अनुसूची बमोजिमको ढाँचामा आवेदन फाराम भरी सात दिनभित्र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय सिंहदरबारमा रहेको सिफारिश समितिको सचिवालयमा पेश गर्न भनिएको छ । अध्यक्षको हकमा सर्वोच्च अदालतको न्यायाधीश वा पुनरावेदन अदालतको मुख्...
Source : https://ujyaaloonline.com/story/108611/2024/11/8/call-for-applications-to-the-truth-commission-