सर्वाधिक सन्तुष्ट ग्राहक सर्भेमा नथिङ बन्यो नम्बर एक, आम उपभोक्ताको मन जित्न सफल

काठमाडौँ । ग्रेट इण्डियन स्मार्टफोन सर्भे २०२४ मा ओभरअल स्याटिस्फ्याक्सनमा नथिङले नम्बर एक स्थान हासिल गर्न सफल भएको छ । आठ हजार भन्दा बढी ग्राहकमा गरिएको एक विशेष सर्भेमा ब्राण्ड प्रति सर्वाधिक सन्तुष्ट ग्राहकहरू नथिङले प्राप्त गर्न सफल भएको हो ।

ब्लोटवेयर फ्रि क्लिन अपरेटिङ् सिस्टमका लागि टेक कम्युनिटीले मुक्त कण्ठले प्रशंसा पाउने नथिङले आफ्नो तेश्रो जेनेरेसनको अपरेटिङ सिस्टम नथिङ ओएस ३ अक्टुबरमा रोल आउट गर्ने घोषणा हालै गरेको छ । नथिङले आफ्नो नयाँ बड्स नथिङ इअर ओपनको गत अक्टुवर २६ मा लण्डनमा आयोजित एक समारोहमा अनावरण गर्दै नयाँ अपरेटिङ सिस्टमको समेत जानकारी दिएको हो । स्मार्टफोन तथा एक्सेसोरिज्का क्षेत्रमा रिभुलेसनरी डिजाइन, एक्सिलेन्ट परफरमेन्सएफोर्डेबल प्राईसिङ्का माध्यमबाट आम उपभोक्ताको मन हर्न सफल भएको नथिङ नेपाली बजारमा चौधरी समूहले आयात तथा बिक्री वितरण गर्दै आएको छ । 

नेपाली बजारमा नथिङले अतुलनीय बिक्री पश्चातको सेवा प्रदान गर्ने नीति लिएको छ । नथिङका स्मार्टफोन तथा एक्सेसोरीज्मा कुनैपनि समस्या आएको खण्डमा रिप्लेसमेन्ट दिने वारेन्टी पोलिसी लिएको नथिङले फिजिकल ड्यामेजमा समेत नयाँ नै स्मार्टफोन आफ्ना ग्राहकलाई दिनेछ । यि र यस्तै सेवाग्राही प्रतिको उच्च प्रतिबद्धताका कारण ग्राहक सन्तुष्टिमा नथिङ सर्बोत्कृष्ट ब्राण्ड बन्न सफल भएको विज्ञहरुको प्रतिक्रिया रहेको छ ।   

हाल नेपाली बजारमा नथिङ तथा नथिङको सब ब्राण्ड सिएमएफ बाइ नथिङका स्मार्टफोन तथा एक्सेसोरीजहरु सर्बत्र उपलब्ध छन् । भारतीय बजारसँग प्रतिस्पर्धा गर्ने मूल्य, उत्कृष्ट फिचर र सर्वोत्कृष्ट बिक्री पश्चातको सेवाले नथिङ नेपाली बजारमा दिनप्रतिदिन लोकप्रिय बन्दै गएको छ । ‘नेपाली बजारमा नथिङले निरन्तर राम्रो परिणाम दिलाउन सफल हुँदै आएको छ । नथिङका लागि नेपाली आयातकर्ता सीजी मोबाइलका महाप्रबन्धक विनय जोशी भन्छन्, ‘ग्राहक सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता हो, यसमा हामी सदैव अगाडि रहनेछौँ ।’

Source : https://arthasarokar.com/2024/10/nothing-survey.html