सर्वोच्च अदालतका लागि दुई न्यायाधीशको नाम अनुमोदन
काठमाडौं– सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । सर्वोच्चका लागि सिफारिस न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम अनुमोदित भएको हो । प्रस्तावित दुई न्यायाधीशमध्ये निरौलाविरुद्ध संसदीय सुनुवाइ समितिमा दुईवटा उजुरी परेको थियो ।
बैठकमा प्रस्तावित न्यायाधीशद्वय कार्ययोजना पेश गरेका थिए । त्यसपश्चात समितिले सर्वसम्मत रुपमा उनीहरुलाई सर्वासम्मत रुपमा न्यायाधीशद्वयलाई सर्वोच्चको न्यायाधीशमा अनुमोदन गरेको हो ।
यसअघि पाण्डे उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीश थिए । त्यस्तै, निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीश हुन् ।