सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीलाई कास्की अदालतमा पेस गरिँदै

काठमाडौं ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी तथा गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई आज कास्की जिल्ला अदालतमा पेस गरिँदै छ। काठमाडौंबाट पक्राउ परेका जोशीलाई आइतबार नै पोखरा पुर्‍याइएको थियो।

पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ठुलो रकम ल्याएको संसदीय छानबिन समितिले प्रतिवेदन दिएपछि जोशीविरुद्ध कास्की प्रहरीले अनुसन्धान गर्न पक्राउ गरेको हो।

Source : https://newsofnepal.com/2024/09/23/669458/