सुडानमा अर्धसैनिक बलको घेराबन्दीमा परेका २ सय जनाभन्दा धेरैको ज्यान गयो
सुडानमा अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) को घेराबन्दीमा परेका दुई सय जनाभन्दा धेरैको ज्यान गएको छ । शहर अल हिलालिया सहरमा आरएसएफको घेराबन्दीमा रहेका दुई सय जनाभन्दा धेरैको ज्यान गएको सुडानी डाक्टर सिन्डिकेटले जनाएको छ । घेराबन्दीमा रहेकाहरुमध्ये कतिपय रोग र भोकले, कतिपय चरम यातनाले र कतिपय रासायनिक विषाक्तताका कारण मारिएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । सुडानको विदेश मन्त्रालयले अल हिलालियामा एक सय २० जनाको सशस्त्र आक्रमण र खाद्य प्रदूषणका कारण ज्यान गएको जनाएको थियो । मन्त्रालयका अनुसा...
Source : https://ujyaaloonline.com/story/108648/2024/11/9/more-than-200-people-killed-paramilitary-forces