सुनको भाउमा अर्को कीर्तिमान : तोलाको एक लाख ५९ हजार दुई सय रुपैयाँ पुग्यो

काठमाण्डौ – सुनको भाउले फेरि नयाँ कीर्तिमान बनाएको छ । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ५९ हजार दुई सय रुपैयाँ पुगेर नयाँ कीर्तिमान बनाएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ५८ हजार आठ सय रुपैयाँ थियो  । आज चाँदीको भाउमा भने घटबढ भएको छैन । आज चाँदीको भाउ हिजोको जस्तै तोलाको एक हजार नौ सय २० रुपैयाँमा नै कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

Source : https://ujyaaloonline.com/story/106931/2024/9/23/another-record-high-for-gold-