सुनको भाउमा कीर्तिमान

सुनको भाउले आज कीर्तिमान बनाएको छ । आज सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ५८ हजार आठ सय रुपैयाँ पुगेको छ ।

आज सुन एकैदिन तोलामा एक हजार सात सय रुपैयाँले बढेर कीर्तिमान कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ एक लाख ५७ हजार एक सय रुपैयाँ रहेको थियो ।

यसअघि गएको भदौ ३१ गते उच्च भाउ तोलाको एक लाख ५७ हजार तीन सय रुपैयाँ पुगेको थियो । त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ ।

आज चाँदी तोलामा पाँच रुपैयाँले बढेर तोलाको एक हजार नौ सय २० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको एक हजार नौ सय १५ रुपैयाँ रहेको थियो ।

The post सुनको भाउमा कीर्तिमान appeared first on Janakpur Today.

Source : https://ejanakpurtoday.com/2024/09/22/98962/



Related Posts