३५ रुपैयाँ पर्ने पानी सय रुपैयाँमा बेच्ने जिम्बु थकालीलाई ३ लाख जरिबाना

काठमाण्डाै – वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाण्डाैकाे शान्तिनगरमा रहेको जिम्बु थकालीलाई तीन लाख रुपैयाँ जरिबाना तिराएकाे छ । अङ्कित मूल्यभन्दा दोब्बर मूल्यमा मिनिरल वाटर (बाेतलकाे पानी) बेचेको भन्दै विभागले जिम्बु थकालीलाई तीन लाख रुपैयाँ जरिबाना तिराएकाे हाे । जिम्बु थकालीले उपभोक्ताहरूलाई ३५ रुपैयाँ मूल्य पर्ने मिनिरल वाटरलाई एक सय रुपैयाँसम्म लिएको गुनासो आएसँगै विभागका महानिर्देशक राजन पौडेलसहितको टोलीले छड्के अनुगमन गरी रेस्टुरेन्टमा अनुगमन गरेको थियाे । महानिर्देशक पौडेलले जिम्बु थकाली...

Source : https://ujyaaloonline.com/story/106951/2024/9/23/3-lakh-fine-to-jimbu-thakali