९–एलजेड जहाज सि–चेकपश्चात् काठमाडौंमा, वायुसेवा निगमको सबै जहाजले उडान नियमित गर्ने
काठमाडौं– नेपाल वायुसेवा निगमको ९–एलजेड जहाज सि–चेकपश्चात् काठमाडौं आइपुगेको छ ।
नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी ९–य एलजेड (मकालु) को जहाज नियमित सि–चेकको मर्मतपश्चात् सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो ।
युरोपेली उड्डयन सुरक्षा एजेन्सी (इएसा) र सङ्घीय उड्डयन प्रशासन (एफएए) बाट मान्यता प्राप्त युरोपेली मुलुक इटालीको मर्मत र ओभरहाल सङ्गठनले अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी सि–चेकको मर्मतसम्भार सम्पन्न गरी जहाजको सेवामा रिलिजको प्रमाणपत्र प्रदान गरेको छ ।
उक्त जहाजसहित निगमका चारवटै जहाजहरुले निगमको अन्तर्राष्ट्रिय क्षेत्रहरुमा नियमित उडान गरेसँगै यात्रुहरुलाई थप सेवा पुग्ने विश्वास गरिएको नेपाल वायुसेवा निगमले जनाएको छ ।