पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बिहीबार अदालत उपस्थित गराउने पोखरामा सुरक्षा व्यवस्था कडा थियो । कास्की जिल्ला अदालत परिसर शहीदचोक, राष्ट्र बैंकचोक, रत्नचोक, मुस्ताङचोक, ड्यामसाइड क्षेत्रमा सुरक्षाकर्मी तैनाथ भइसकेका थिए ।