अभिनेत्री निम्रत र अभिषेकको सम्बन्ध के हो ?

मुम्बई । चलचित्र दसबींकी बलिउड अभिनेत्री निम्रत कौर पछिल्लो समय विवादमा छिन् । उनीमाथि ऐश्वर्या राई र अभिषेक बच्चनको सम्बन्धलाई तोड्न अझ प्रोत्साहित गरेको आरोप लागेको छ । निम्रता र अभिषेक पछिल्लो समय प्रेम समबन्धमा भएको पनि मिडियामा समाचार आएका छन् ।

यस्तो समाचार आएपछि अभिनेत्री निम्रता मिडियासामु आएकी छिन् । अभिषेक र ऐश्वर्यको सम्बन्धमा आफुलाई भिलेन बनाउने काम मिडियाबाटै भएको भन्दै उनले टिप्पणी गरेकी छिन् ।

हालै निम्रतले मुम्बईको एक कार्यक्रममा प्रस्तुत हुने क्रममा यो कुराको केही खण्डन गरेकी थिईन् । आफू अझै अविवाहित भएको उनले बताएकी छिन् । मिडियामा अभिषेक र आफ्नो विवाह समेत भएको हल्लाको पछि नलाग्न उनले अनुरोध पनि गरेकी छिन् ।

जुम मिडियाले उनको र अभिषेकका विवाह भएको समाचार’bout सोधको प्रश्नमा उनले आफू अविवाहित भएको बताएकी हुन्,‘ तपाई नै भन्नुस यस्तो अफवाहलाई म कसरी रोक्न सक्छु र ?’ मैले चाहेर पनि कुरा गलत कुरालाई रोक्न असम्भव भएको छ ।’

यी अभिनेत्रीले अर्को मिडिया टाइम्स अफ इन्डियासँगको अन्तर्वार्तामा पनि अभिषेक बच्चनसँग डेटिङको अफवाहको खण्डन गरेकी छिन्,‘मलाई अहिले जानी जानी भिलेन बनाउने काम भईरहेको छ । मानिसहरूले किन मलाई यसो गरिरहेका छन भन्नेकुरा मैले बुझ्न सकेको छैन, यस प्रकारको गसिफलाई रोक्न सम्भव छैन र मैले अहिले केबल आफ्नो काममा ध्यान दिईरहेको छु ।’

यसरी आफुलाई अभिषेक र ऐश्वर्याको सम्बन्ध विगार्न भिलेनको रुपमा अघि सारिएको पनि यी अभिनेत्रीले बताएकी छिन् । उनले अभिषेक दम्बपत्तिको सम्बन्ध राम्रो होस पनि भनेकी छिन् ।

The post अभिनेत्री निम्रत र अभिषेकको सम्बन्ध के हो ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/103394/