अर्घाखाँचीको सन्धिखर्कमा झण्डै ५० हजार रुपैयाँका प्लास्टिकका माला नष्ट
अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले झण्डै ५० हजार रुपैयाँका प्लास्टिकका माला नष्ट गरेको छ । बजार अनुगमनको क्रममा ३५ पसलहरूबाट बरामद गरेको प्लास्टिकका माला नष्ट गरेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताउनु भयो । नगरपालिकाले यसअघि नै सूचना निकालेर कुनै पनि प्रकारका कृत्रिम फूल एवम् मालाको उत्पादन, बिक्री तथा ओसारपसार नगर्न भनेको थियो । प्लास्टिकजन्य उत्पादन वातावरणको लागि हानिकारक हुनुको साथै यसले स्थानीय फूलको उत्पादनलाई नकरात्मक असर गर्ने भएकोले रोक लगाएको मेयर कृष्ण प्रसाद...
Source : https://ujyaaloonline.com/story/108395/2024/11/1/plastic-garlands-worth-nearly-50-thou-destroyed-