अर्घाखाँचीको सन्धिखर्कमा प्रसादको रुपमा मासु खाएका ३५ जना बिरामी
अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्कमा देउरालीको प्रसादका रुपमा मासु खाएका ३५ जना बिरामी परेका छन् । सन्धिखर्क नगरपालिका–१ मा भएको पूजामा प्रसादका रुपमा मासु खाएका ३५ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताउनुभयो । बिरामी पर्नेहरुमा झाडापखाला, बान्ता, ज्वरो, शरीर दुख्नेलगायतका लक्षण देखिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले जानकारी दिनुभयो । फुड पोइजनका कारण उनीहरु बिरामी परेको हुनसक्ने र सबैको अवस्था सामान्य रहेको डाक्टर तिवारीले बताउनुभय...
Source : https://ujyaaloonline.com/story/108282/2024/10/29/35-patients-who-ate-meat-as-prasad-in-sandhikharka