अर्थशास्त्रतर्फको नोबेल पुरस्कार : तीन जना अमेरिकी अर्थशास्त्रीले प्राप्त गर्ने

यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अमेरिकी अर्थशास्त्रीले संयुक्त रूपमा प्राप्त गर्ने भएका छन् । नोबेल पुरस्कार छनोट समितिले म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजीका डारोन एसिमोग्लु, साइमन जोन्सन र सिकागो विश्वविद्यालयका जेम्स रोविन्सनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । संस्थाहरू कसरी बन्छन् र समृद्धिलाई प्रभावित तुल्याउँछन् भन्ने अध्ययनको योगदानलाई सम्मान गरेर उनीहरुलाई पुरस्कृत गर्न लागिएको पुुरस्कार छनोट समितिले जनाएको छ । योसँगै यो वर्षको नोबेल पुरस्कारका सबै विधाको टुङ्गो लागेको छ । यसवर्ष चिकित्साशास्त्रतर्फ भिक्...

Source : https://ujyaaloonline.com/story/107776/2024/10/14/nobel-prize-in-economics-awarded-to-3-american-