आज विजयादशमी : ११ बजेर ३६ मिनेटको उत्तम साइतमा टीका लगाइयो
काठमाण्डौ – आज बडादशैँको मुख्य दिन, विजयादशमी । विहान ११ बजेर ३६ मिनेटको शुभ साइतमा टीका र जमरा लगाइएको छ । नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवम् समृद्धिको प्रतीक जमरा लगाइएको हो । घटस्थापनाका दिन दशैँघर वा पूजाकोठामा स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशीमा टीका लगाइन्छ । आज गुरु, पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट टीका, जमरा तथा प्रसाद लगाइन्छ । विजयादशीको टीका लगाई दिँदा यश, ऐश्वर्य वृद्धि एवम् दीर्घायु प्राप्त होस् ...
Source : https://ujyaaloonline.com/story/107712/2024/10/12/vijayadashami-tika-administered-perfect-time-11-36