उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन
काठमाण्डाै – सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा नेपाल सरकारका पूर्व अर्थसचिव रामेश्वर खनालको अध्यक्ष्तामा विज्ञहरूको पाँच सदस्यीय आयोग गठन गरेको हो । आयोगका सदस्यहरूमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा. डा. रामप्रसाद ज्ञवाली, अर्थविद् डा. विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. कल्पना खनाल रहनुभएको छ । आयोगले आवश्यकताअनुसार निजी क्षे...
Source : https://ujyaaloonline.com/story/107598/2024/10/8/economic-sector-reform-suggestion-commission