बोइङका कर्मचारीले ७ हप्ता लामो हडताल अन्त्य गरे, आउँदो ४ वर्षमा ३८ प्रतिशत तलब बढ्ने

हवाईजहाज निर्माता कम्पनी बोइङका कर्मचारीले सात हप्ता लामो हडताल अन्त्य गरेका छन् । गएको सेप्टेम्बर १२ तारिखदेखि शुरू भएको हडताल आज व्यवस्थापनसँग सम्झौता भएपछि टुङ्गिएको बीबीसीले जनाएको छ । सम्झौताअनुसार अबको चार वर्षमा कर्मचारीको तलब ३८ प्रतिशतले बढ्नेछ । युनियनले ४० प्रतिशत तलब वृद्धि गर्न माग गरेको थियो । अन्तर्राष्ट्रिय एसोसिएशन अफ मेशिनस्ट्स एन्ड एयरोस्पेस वर्कर्स (आईएएम) युनियनले यही नोभेम्बरको १२ तारिखसम्ममा सबै कामदार काममा फर्किने जनाएको छ । लामो हडतालले बोइङको क्रेडिट रेटिङ्गमा गिरावट ल्याउने र ऋण प्राप्त गर्न समस्या ...

Source : https://ujyaaloonline.com/story/108499/2024/11/5/boeing-workers-end-7-week-strike