उत्तर कोरियाले हिजो र आज जीपीएस जाम गर्ने आक्रमण गरेको दक्षिण कोरियाको आरोप

काठमाण्डौ – उत्तर कोरियाले हिजो र आज जीपीएस जाम गर्ने आक्रमण गरेको दक्षिण कोरियाले आरोप लगाएको छ । उत्तर कोरियाको जीपीएस जाम गर्ने आक्रमणका कारण धेरै पानी जहाज र दर्जनौं विमानलाई असर पुगेको दक्षिण कोरियाले जनाएको छ । उत्तरले आफ्नो सबैभन्दा उन्नत र शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आईसीबीएम) परीक्षण गरेको एक हप्तापछि दक्षिण कोरियाको जीपीएसमाथि आक्रमण भएको खबर आएको हो । हिजो दक्षिण कोरियाले पनि समुद्रमा आफ्नो ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । लगत्तै उत्तर कोरियाले हिजो र आज हेइजु र केसोङमा जीपीएस जाम...

Source : https://ujyaaloonline.com/story/108654/2024/11/9/south-korea-accused-of-gps-jamming-attack