उपचुनावको सरगर्मी बढ्यो : दलहरुले उम्मेदवारको अन्तिम टुङ्गो लगाउँदै
काठमाण्डौ – मङ्सिर १६ गते रिक्त पालिकामा हुने उपचुनावका लागि प्रमुख दल उम्मेदवारको अन्तिम टुङ्गो लगाउन जुटेका छन् । नेकपा (एमाले) ले सबैजसो उम्मेदवारको टुङ्गो लगाए पनि कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले केही बाहेक उम्मेदवार चयन गर्न सकेका छैनन् । नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले रिक्त रहेका ४४ मध्ये ४२ पदमा उम्मेदवारको टुङ्गो लागेको र बाँकी दुई पदको पनि आज अन्तिम निर्णय हुने जानकारी दिनुभयो । उहाँका अनुसार काठमाण्डौको कीर्तिपुर नगरपालिकामा मेयर र एक वडाध्यक्ष पदका लागि उम्मेदवार ...
Source : https://ujyaaloonline.com/story/108895/2024/11/16/by-election-excitement-increases-