एआईसम्बन्धी राष्ट्रिय नीति बनाउने प्रधानमन्त्री ओलीको घोषणा
प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई सहज र सरल बनाउने काममा गराउन सरकार लागि पर्ने बताउनुभएको छ ।
युवा सङ्घ नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स् (एआइं)सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ मा विज्ञसँगको संवादमा प्रधानमन्त्री ओलीले विकास, सकारात्मकता र सहज जीवनका लागि यसको उपयोग गर्नुपर्नेमा जोड दिनुभएको हो ।
आर्टिफिसियल इन्टेलिजेन्स्को सकारात्मक उपयोग गर्नुपर्नेमा उहाले जोड दिनुभयो । यसको दुरुपयोगबाट हुन सक्ने दुष्प्रभाव रोक्न सचेतना र कानुनी प्रबन्धमा पनि जानुपर्ने उहाले बताउनुभयो ।
उहाँले आटिर्फिसियल इन्टेलिजेन्स्सम्बन्धी नीति र योजना ल्याउने जानकारी पनि दिनुभयो ।
The post एआईसम्बन्धी राष्ट्रिय नीति बनाउने प्रधानमन्त्री ओलीको घोषणा appeared first on Janakpur Today.