कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ
कपिलवस्तु । कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भई १० वर्षदेखि फरार कपिलवस्तुको बुद्धभूमि नगरपालिका १० महुवापुरका प्रतिवादी राम प्रसाद कोरी पक्राउ परेका छन्। उनलाई इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय गोरुसिङ्गे कपिलवस्तुका प्रमुख तथा प्रहरी निरीक्षक विर बहादुर सुनारको कमान्डमा खटिएको प्रहरी टोलीले २० वर्ष कैद सजाय तोकी फरार रहेका कोरीलाई उनकै घरबाट प्रहरी नियन्त्रणमा लिइएको हो ।
कोरीले वि.स २०६९ साल चैत्र १० गते कपिलवस्तुको साबिक महुवा गा.वि.स वडा न.४ बस्ने वर्ष २५ की मान्ती कोरीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । हत्या गरी फरार रहेका कोरीलाई विशेष योजनाका साथ प्रहरी निरीक्षक सुनारले पक्राउ गरी कारागार पठाएको उल्लेख छ । पछिल्लो समय इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले फरार प्रतिवादी र लागु औषध कारोबार र सेवनकर्तालाई धमाधम पक्राउ गरिरहेको छ।
The post कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/103058/