काठमाण्डौ महानगरले प्लास्टिकका फूल र मालामा प्रतिबन्ध लगायाे
काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले प्लास्टिकका फूल र मालामा प्रतिबन्ध लगाएको छ । नजिकिँदै गरेको तिहारलाई लक्ष्य गरी महानगरले प्लास्टिकका फूलगुच्छा र माला बिक्री/वितरण र ओसारपसार तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो । महानगरले आज सूचना निकालेर प्लास्टिकको फूलगुच्छा र माला बिक्री/वितरण, भण्डारण, ओसारपसार र प्रयोग तथा ४० माइक्रोनभन्दा पातलो झोलाको बिक्री/वितरण, ओसारपसार र प्रयोगमा प्रतिबन्ध लगाएको जनाएको छ । अनुगमनका क्रममा यस्ता सामग्रीको बिक्री/वितरण वा प्रयोग भएको पाएमा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ बम...
Source : https://ujyaaloonline.com/story/108128/2024/10/24/ban-on-plastic-flower-garland-in-ktm-metropolitan