काभ्रेका बाढी पहिरो पीडितको क्षतिको विवरण प्राप्त नहुँदा पुनर्वास कार्यक्रम प्रभावित

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकमा गएको महिनाको बाढी पहिरोमा परी ७९ जनाले ज्यान गुमाए भने भौतिक सम्पत्तिमा पनि धेरै नै क्षति भयो । कैयन् घरबारविहीन भए । स्थानीय तह खोज, उद्धार तथा राहत सामग्री वितरणमा लागेको महिना नाघिसकेको छ । क्षतिको वास्तविक विवरण तयार नहुँदा पुनर्वास कार्यक्रम प्रभावित भएको छ । ४० दिन बितिसक्दा पनि स्थानीय तहले क्षतिको पूर्ण विवरण तयार गर्न नसक्दा केन्द्र सरकारबाट प्राप्त हुने सहयोग उपलब्ध गराउन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पटकपटक विपद् पीडित ...

Source : https://ujyaaloonline.com/story/108577/2024/11/7/rehabilitation-program-affected--