केटी हराएको सूचनाको ट्रेलरमा अपहरण कथा
काठमाडौं । यही ३० कार्तिकमा रिलिज हुने नेपाली चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को बुधबार काठमाडौंमा एक समारोहबीच ट्रेलर सार्वजनिक गरिएको छ ।
चलचित्रमा नाजिर हुसेन, सृष्टि श्रेष्ठ, सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णलगायतका कलाकारको अभिनय छ । तथापि ट्रेलरमा नाजिर र सृष्टी छाएका छन् ।
काठमाडौं र जनकपुरमा खिचिएको यो चलचित्रमा काठमाडौंबाट टुरिष्ट गाईड भएर नाजिरले सृष्टीलाई जनकपुर पु¥याएका छन् । त्यसपछि आफ्नो प्रेमको आसक्ति प्रस्तुत गर्न उनले अपहरण समेत गर्नु परेको ट्रेलरमा उल्लेख छ । यसमा मधेसी युवा र पहाडे युवतीबीचको प्रेम आरोह अवरोह प्रस्तुत गरिएको छ । जसमा नाजिरले रामको भूमिकामा र सृष्टिले सीताको भूमिका निर्वाह गरेका छन् ।
ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको मिसिङ ः केटी हराएको सूचना ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो । ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’ बनाएर अन्तराष्ट्रिय स्तरमा चर्चा बटुलेका निर्देशक दीपेन्द्र गौचनले यो चलचित्र निर्देशन गरेका हुन् । उनले ‘हाम्रो मुमिन’ डकुड्रामाको पनि निर्देशन गरेका थिए । दीपेन्द्रकै निर्माण रहेको यसमा उनकै स्क्रिप्ट लेखन छ ।
यो चलचित्रमा आफुले केही नयाँ कुरा दिन खोजेको निर्देशक दीपेन्द्रले ट्रेलर रिलिज समारोहमा जिकिर गरे,‘उजेलीमा जस्तै यसमा पनि यहाँहरुले केही नयाँ कुरा पाउनु हुनेछ ।’ दिपेन्द्रले भने ।
नकिम उद्दिन कार्यकारी निर्माता रहेको यो चलचित्रमा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।
केटी हराएको सूचनामा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, राजीव कर्णको कोरियोग्राफी छ र अरुण रेग्मी यसका प्रोडक्सन म्यानेजर हुन् ।
The post केटी हराएको सूचनाको ट्रेलरमा अपहरण कथा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/103052/