गाजामा सहायता सामान बोकेका राष्ट्रसङ्घीय ट्रक लुटिए

गाजामा रहेका प्यालेस्टिनी शरणार्थीका लागि मानवीय सहायता सामग्री बोकेको संयुक्त राष्ट्रसङ्घको एक सय नौवटा ट्रक लुटिएका छन् । राष्ट्रसङ्घका ट्रकहरु गाजा प्रवेश गरेपछि हिंसात्मक तरिकाले लुटिएको प्यालेस्टिनी शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ । इजरायली सेनाले चालकलाई बन्दुक देखाएर ट्रक नियन्त्रणमा लिएका हुन् । देइर अल बलाह र खान युनिसमा संयुक्त राष्ट्रसङ्घको सहयोग प्राप्त आठवटा अन्न भण्डार हप्तौँदेखि कम क्षमतामा सञ्चालन भइरहेको बीबीसीको खबरमा उल्लेख छ । संयुक्त राष्ट्रसङ्घीय निकायका अनुसार खाद्यान्नको चरम अभावका कारण...

Source : https://ujyaaloonline.com/story/108983/2024/11/19/un-trucks-carrying-aid-looted-in-gaza-