काठमाण्डौको कालिमाटीमा आज हरियो तरकारीको भाउ बढ्यो, भिण्डी किलोको १५५ रुपैयाँ

काठमाण्डौ – काठमाण्डौको मुख्य तरकारी बजार कालिमाटीमा आज धेरैजसो हरियो तरकारीको भाउ बढेको छ । आज सबैभन्दा धेरै भिण्डीको भाउ बढेको छ । आज भिण्डीको भाउ किलोमा ६० रुपैयाँले बढेर किलोको १५५ रुपैयाँ पुगेको छ । त्यस्तै लौका, तने बोडी, पालुङ्गो सागको भाउ किलोमा समान ३०/३० रुपैयाँले बढेको छ । आज लौका किलोमा ३० रुपैयाँले बढेर किलोको ८५ रुपैयाँ पुगेको छ । तने बोडी पनि किलोमा ३० रुपैयाँले नै बढेर किलोको १४५ रुपैयाँ पुगेको छ । त्यस्तै पालुङ्गो साग आज किलोमा ३० रुपैयाँले बढेर ९५ रुपैयाँ पुगेको छ । टाट...

Source : https://ujyaaloonline.com/story/108990/2024/11/19/price-of-green-vegetables-increased-in-kalimati-