गाडी र सडककाे अवस्था बुझेर यात्रा गर्दा सुरक्षित भइन्छ

जेठ २८ गते मनसुन शुरू भएयता असोज ११ र १२ गते निकै ठूलाे पानी पर्‍याे । अविरल वर्षापछिकाे बाढी, पहिरो र डुबानले जति धनजनको क्षति भएको छ, सडकमा पनि उति नै क्षति पुर्‍याएको छ । कतिपय सडक तत्कालै बनिहाल्ने अवस्थामा छैनन् । राम्रोसँग गाडी गुड्ने अवस्थाको बनाउन समय लाग्ने छ । नेपाल सरकारले सडक निर्माणका लागि मन्त्रिपरिषद्बाट निर्णय गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई तोकेको छ । त्यसैले सडकको सुधार कसरी गर्ने भनेर मन्त्रालयको सक्रियतामा निर्भर रहन्छ । दशैँको बेला नागरिकलाई सुरक्षा प्रदान गरी सहज रूपम...

Source : https://ujyaaloonline.com/story/107396/2024/10/3/the-condition-of-the-vehicle-and-the-road