गैरआवासीय नेपाली सङ्घभित्र राजनीति नगर्न प्रधानमन्त्री ओलीको सुझाव

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) भित्र राजनीति नगर्न सुझाव दिनुभएको छ । आजदेखि काठमाण्डाैमा शुरू भएको 'एनआरएनए' को विश्व सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक दलका आ–आफ्नै सङ्गठन भए पनि संस्थाभित्र राजनीति नगर्न सुझाव दिनुभएको हो । प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीको माग सम्बोधन गर्न संविधानमै गैरआवासीय नागरिकता उल्लेख गरेको बताउनुभयो । उहाँले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताउ...

Source : https://ujyaaloonline.com/story/108225/2024/10/27/pm-oli-suggests-not-to-do-politics-within-nrna