चितवनको भरतपुरमा स्थानीय जातका गाई संरक्षण गर्न कोष स्थापना
चितवन – चितवनको भरतपुर महानगरपालिका–१ मा रहेको योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा स्थानीय जातका गाईको संरक्षण गर्न एक करोड एक लाख रुपैयाँको अक्षय कोष स्थापना भएको छ । केन्द्रका संयोजक नवराज ढकालका अनुसार २०३९ सालदेखि केन्द्रमा गाई संरक्षण थालिएको हो । योगी नरहरिननाथबाट गौ संरक्षण शुरू भएको भन्दै उहाँले त्यसलाई निरन्तरता दिइएको बताउनुभयो । अक्षय कोषका लागि ११ हजार एक सय रुपैयाँको आजीवन सदस्य र एक लाख एक हजार रुपैयाँको संरक्षक सदस्य बनाइएको छ । ४५ जना संरक्षक सदस्य र तीन सय २५ जन...
Source : https://ujyaaloonline.com/story/108537/2024/11/6/fund-established-to-conserve-local-breed-of-cows-