छठको अवसरमा पर्यटनमन्त्री जनकपुरधाम पुगे
समाचार सुन्नुहोस :
काठमाडौँ – मिथिलाञ्चल क्षेत्रमा विशेष रुपमा मनाइने छठ पर्वको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे आज पवित्र जनकपुरधाममा पुगेर छठी माईको पूजाअर्चना गरेका छन्।
मन्त्री पाण्डेले जनकपुरधामका विभिन्न छठ घाटमा जम्मा भएका ब्रतालु र सर्वसाधारणसँग शुभकामना साट्दै छठ पर्वको सामाजिक, सांस्कृतिक र धार्मिक महत्त्वबारे जानकारी लिएका थिए। उनले मैथिली सभ्यता र परम्परामा छठ पर्वको प्रभावबारे समेत चर्चा गरे।
सो अवसरमा मन्त्री पाण्डेले प्रसिद्ध जानकी मन्दिरको दर्शन गरी पूजाअर्चना गरे। जनप्रतिनिधि तथा स्थानीय अगुवाहरूसँग जनकपुरको धार्मिक महत्त्वलाई अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न र धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्न छलफल गरे।
त्यसैगरी, जनकपुर विमानस्थलको स्तरोन्नति गर्दै धार्मिक पर्यटकलाई आकर्षित गर्न भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जस्तै विकास गर्ने विषयमा पनि उनले छलफल गरेका थिए।
The post छठको अवसरमा पर्यटनमन्त्री जनकपुरधाम पुगे appeared first on Samudrapari.