दशैँ र तिहारमा स्याङ्जाका एउटै किसानले बेचे ५ लाख रुपैयाँकाे सयपत्री फूल
स्याङ्जा – स्याङ्जाको चापाकोट नगरपालिका–१ बेलडाँडाका किसान तुल्सीराम भण्डारीले दशैँ र तिहार अवधिमा सयपत्री फूल तथा माला बिक्रीबाट झन्डै पाँच लाख रुपैयाँ आम्दानी गर्नुभएको छ । उहाँले दशैँ र तिहार अवधिमा माला एक हजार आठ सय ४५ गोटा र फूल एक हजार तीन सय ७६ केजी बिक्री गर्नुभएको हो । फूल बिक्रीबाट तीन लाख ४४ हजार र माला बिक्रीबाट एक लाख ४७ हजार ६ सय गरी चार लाख ९१ हजार ६ सय रुपैयाँ आम्दानी गरेको किसान भण्डारीले बताउनुभयो । यहाँ उत्पादन भएको फूल तथा माला भैरहवा, नारायणगढ, बर्दघाटलगायतका बजार तथा स्था...
Source : https://ujyaaloonline.com/story/108594/2024/11/7/5-lakh-income-from-the-sale-of-marigold-flower