जुवा गेमको विज्ञापनप्रति स्वस्तिमाको आपत्ती
काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले आफ्नो अनुमति विना आनलाईन जुवा गेममा फोटो प्रयोग गरिएको भन्दै आपत्ती जनाएकी छिन् ।
अनलाईन जुवाको रुपमा परिचित ‘गेमिङ एप हिमा८’को विज्ञापनमा जुवा खेल्न प्रेरित गर्ने गरी अभिनेत्री स्वस्तिमा खड्काको फोटो प्रयोग गरिएको छ ।
यसै विषयमा आफुलाई मोडलको रूपमा अनुबन्ध गरिएको भन्दै एक गेमिङ एप हिमा ८ ले सामाजिक सञ्जालमा विज्ञापन गरिरहेको विषयमा यी अभिनेत्रीले विरोध जनाएकी हुन् । सामाजिक सञ्जालमा लेख्दै उनले भनेकी छिन्, ‘म यस्ता गैरकानुनी एपबाट कोसौं टाढा छु । यस्ता पोस्टहरू देख्नुभयो भने रिपोर्ट गरिदिनुहोला । नेपाल प्रहरीले कारबाही गर्नेछ भन्ने विश्वासमा छु ।’
यो विषयमा आफुले प्रहरीलाई पनि जानकारी गराएको उनले बताएकी छिन् । यस्ता गैरकानूनी मात्र हैन, कुनै कानुनी विज्ञापनको प्रचारमा पनि आफ्नो अनुमति विना कुनै पनि तस्बिर प्रयोग नगरिदिन यी अभिनेत्रीले अपिल गरेकी छिन् । अन्यथा त्यसको कानूनी भागीदार स्वयम सम्बन्धित व्यक्ति हुने स्वस्तिमाको भनाई छ ।
The post जुवा गेमको विज्ञापनप्रति स्वस्तिमाको आपत्ती appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/104059/