ट्रम्पले जितेपछि इरानको प्रतिक्रिया- ह्वाइटहाउसमा जो आएपनि हामीलाई कुनै फरक पर्दैन
काठमाडौँ ।
अमेरिकी चुनावमा डोनाल्ड ट्रम्पको जितपछि इरानले पनि प्रतिक्रिया दिएको छ ।
बुधबार सरकारी टिभी च्यानल आईआईबीमा इरान सरकारका प्रवक्ता फतेमेह मोहजेरानीले इरानमा ट्रम्पको विजयको सम्भावित प्रभावलाई खारेज गरेकी छन्।
इरान र इजरायलबीच अहिले तनाव छ । इरानी सरकारकी प्रवक्ता मोहजेरानीले भनिन्, ‘अमेरिकी राष्ट्रपतिको चुनावले हामीलाई केही फरक पर्दैन । अमेरिका र इरानमा सरकार परिवर्तनले खासै परिवर्तन हुनेवाला छैन । ह्वाइट हाउसमा जोसुकै बसे पनि यसले हाम्रा जनताको जीवनमा कुनै असर गर्दैन ।’
सन् २०१६ मा डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा अमेरिकासँगको इरानको आणविक सम्झौता अन्त्य गरेका थिए ।इरान र अमेरिकाबीच परमाणु सम्झौता बाराक ओबामाको कार्यकालमा भएको थियो ।
समाचार एजेन्सी एपीसँग कुरा गर्दै तेहरानका एक विद्यार्थीले ट्रम्पको विजयमा भने, ‘ट्रम्पले इरानमाथि लगाइएको प्रतिबन्धलाई अझ बढाउने कुरामा कुनै शंका छैन । हाम्रो पक्षमा नभएका कुराहरू झन् खराब हुनेछन् । यसले हाम्रो अर्थतन्त्र र सामाजिक अवस्थालाई असर गर्नेछ ।’