तनहुँमा यस वर्ष ५० करोड रुपैयाँको सुन्तला बिक्री हुने अनुमान
काठमाण्डौ – तनहुँका किसानले गएको आर्थिक वर्ष झन्डै ४० करोड रुपैयाँको सुन्तला बिक्री गरेका छन् । ११ हजार पाँच सय १८ मेट्रिक टन सुन्तला उत्पादन हुँदा झन्डै ४० करोड रुपैयाँ आम्दानी भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । यस वर्ष क्षेत्रफलमा वृद्धि हुँदा उत्पादन बढ्ने र मूल्य पनि वृद्धि हुँदा झन्डै ५० करोड रुपैयाँ आम्दानी गर्ने सम्भावना रहेको केन्द्रका सूचना अधिकारी किरण परियारले बताउनुभयो । केन्द्रले सुन्तला खेती गर्ने किसानलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ । किसानलाई प्रोत्साहन गर्न बगैँचामै ...
Source : https://ujyaaloonline.com/story/108964/2024/11/18/sales-are-expected-to-reach-500-million-this-year-