त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलामा नेपालले ओमानलाई ५६ रनले हरायो
त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई हराएको छ । क्यानडाको किङ्गसिटीमा गएराति भएको खेलमा ओमान नेपालसँग ५६ रनले हारेको हो । नेपालले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको ओमान १७ ओभर ५ बलमा १ सय १ रनमा अल आउट भयो । ओमानका जिशान मकसुदले सर्वाधिक ३५ रन बनाए । नेपालका कुशल भुर्तेलले ३ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । नेपालको जीतमा कप्तान रोहित पौडेलले ५६ रनको अविजित अर्धशतकीय इनिङ खेले । ओमा...
Source : https://ujyaaloonline.com/story/107372/2024/10/3/nepal-defeated-oman-by-56-runs-in-tri-nation-t20-